दफा २६
नक्कल माग गर्न सक्ने
: (१) दफा २५ को उपदफा (५) बमोजिम अदालतमा पेशभएको पीडित प्रभाव प्रतिवेदनको नक्कल लिन चाहने अभियुक्त वा कसूरदारले अदालतबाटत्यस्तो प्रतिवेदनको नक्कल लिन सक्नेछन्‌ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामाअदालतले पीडित प्रभाव प्रतिवेदनको नक्कल दिन इन्कार गर्न सक्नेछ:-

(क) अभियुक्त फरार रहेकोमा,

(ख) नक्कल दिँदा पीडितको सुरक्षा र गोपनीयतामा प्रतिकूल असर पर्ने भएमा,

(ग) पीडित प्रभाव प्रतिवेदनलाई पीडितले गोप्य राख चाहेको भएमा ।